१२ श्रावण २०८१, शनिबार

माछापोखरीका अवैध संरचनामाथि चल्यो महानगरको डोजर


महानगरको डोजर फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बालाजुको माछापोखरी क्षेत्रका अवैध संरचना भत्काएको छ । बालाजुको माछापोखरीस्थित गुणस्तर विभाग कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रका अवैध रुपमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा महानगरको डोजेरले भत्काएको हो ।

महानगरले आज काठमाडौँको बालाजुस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपासमा बनेका अवैध संरचना हटाउन सुरु गरेको हो । महानगरले यसअघि अवैध संरचना हटाउन दिएको अल्टिमेटम अटेर गरेपछि व्यवसायीले बनाएका संरचनामा डोजर चलाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !