१३ बैशाख २०८१, बिहिबार

कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्-श्रीमतीको मृत्यु


मौसम

धनगढी । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ मा चट्याङ लागेर श्रीमान्-श्रीमतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कृष्णपुरका २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्तरा राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । माछा मारेर घर फर्किने क्रममा बाटोमा हिँडिरहेका बेला उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

आज आइतबार अपरान्ह पानीसँगै परेको चट्याङ लागेर उनीहरु घाइते भएका थिए । उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटामै मृत्यु भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !