१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं फनपार्कलाई बक्यौता कर तिर्न महानगरको २४ घण्टे अल्टिमेटम


काठमाडौं फनपार्क

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई बक्यौता कर तिर्न २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौँ महानगरले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फनपार्क प्रालिलाई २४ घण्टाभित्र बक्यौता कर तिर्न निर्देशन दिएको छ ।

आज बुधबार महानगरको राजस्व विभागले पत्र पठाउँदै २४ घण्टाभित्र कर बुझाउन निर्देशन दिएको हो । महानगरले उक्त पार्कलाई व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन तथा मनोरञ्जन कर तिर्न निर्देशन दिएको हो ।

पटक-पटक ताकेता गर्दा समेत कर नबुझाएपछि जरिवानासहित तिर्न २४ घण्टे अल्टिमेटम दिएको नगरपालिकाले जनाएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा उल्लेख गरिएको छ ।

फनपार्कले ७ वर्षदेखि कर नतिरेकाे बताइएकाे छ । महानगरपालिकाका अनुसार तोकिएको समयभित्र कर नबुझाएमा फनपार्क शिलबन्दी गरिनेछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !