४ बैशाख २०८१, मंगलबार

बञ्चरेडाँडामा प्रहरीद्वारा अश्रुग्याँस र पाँच राउण्ड हवाई फायर


बञ्चरेडाँडामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार फाइल फोटो

काठमाडौं । प्रहरीले बञ्चरेडाँडामा केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको हो ।

स्थानीय बासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस र हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले सो क्षेत्रमा रहेका फोहोरका गाडीलाई अगाडि बढ्न दिएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !