९ जेष्ठ २०८१, बुधबार

मोदी आउनु खुशीको कुरा हो, भ्रमण सफल बनाउन सबै लाग्नुपर्छ : रायमाझी


tek bahadur

२५ वैशाख, काठमाण्डौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र राम्रो बनाउन आफ्नो पार्टी लागिपरिरहेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मोदी नेपाल आउने कुरा ज्यादै खुशीको कुरा हो, भ्रमण हुनु एकदमै राम्रो कुरा हो, यसले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अझै गाढा हुनेछ, भारत र नेपालबीच ज्यादै राम्रो सम्बन्ध छ, सबै हिसावले हामीबीच घनिष्ठ सम्बन्ध छ।’

नेता रायमाझीले नजिक हुनुको नाताले द्धिपक्षीय सम्बन्धमा कहिलेकाहीँ उतारचढाव आउनु स्वभाविक भएको तर्क गर्दै अब विगतका तिता तथा मिठा घट्नाहरुलाई विर्सनुपर्नेमा जोड दिए । उनले भने,‘अब उहाँको भ्रमणकै बेला एक दिनमै सन्धि तथा सम्झौता पूनरावलोकन हुने कुरा होईन, यसको लागि गम्भिर गृहकार्य गर्नुपर्छ।’ मोदीको भ्रमण सफल र पूर्ण सार्थक बनाउनको लागि आफ्नो पार्टीले कुनै पूर्ण रुपमा कोशिस गर्ने पनि उनको विश्वास छ ।

फरक प्रसँगमा उनले नेकपा एमाले र माओवादी केन्द्रवीचको एकतालाई दुवै पार्टीका नेताहरुले सफल पारेरै छाड्ने जिकिर गरे । उनले भने,‘पार्टी एकता आजको आवश्यकत्ता हो, ईतिहाँस र राष्ट्रको आवश्यकत्ता हो, यसलाई सफल पारेरै छाड्नुपर्छ।’ यद्धपी उनले एकता गर्ने जस्तो कुरा सहज र सजिलो विषय नभएको जिकिर गरे । उनले भने,‘हामीबीच धेरै कुराहरु मिलिसकेका छन्, अब थोरै विषयमा सहमति हुन बाँकी छ, छिट्टै एकता हुन्छ।’

नेता रायमाझीले एमाले–माओवादी केन्द्रबीचको सहकार्यलाई जतिसक्दो एकतामा रुपान्तरण गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘यसका लागि गम्भिर गृहकार्य गर्नुपर्छ, एकताको मिति तोक्ने कुरामा मेरो असहमति छ, त्यस्तै एकताको लागि संख्या तोक्ने वा प्रतिशत भनेर भन्ने कुरा होईन, एकता त सम्मानजनक रुपमा हुनुपर्छ, एकता गरिसकेपछि दुवै पार्टी नेता तथा कार्यकर्ताहरुलाई भावानात्मक रुपमा पनि एक भएको महशुस हुनुपर्छ।’ एकताको लागि संख्या र प्रतिशत तोक्ने कुरा कुनै पनि हालतमा राम्रो नभएको उनको जिकिर थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !