काठमाडौँ । त्रिभुवन विमानस्थलबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्स जहाजमा आतंकवादी रहेको सूचनापछि ओरालिएपछि पक्राउ परेका व्यक्ति ‘सुन चोरी’मा संलग्न रहेको प्रहरीले आशंका गरेको छ ।
काठमाडौंबाट आज बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालिएको थियो । ढोका बन्द भएर उड्न लागेका बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेको हो ।
उक्त जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो । उक्त बिमानमा चढेका १४१ जना सबै यात्रुहरुलाई ओरालेर चेक जाँच गरिएको थियो ।
कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई जाने तयारीमा थिए ।
श्रीमान्-श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेको छ । पक्राउ परेका व्यक्ति नेपाली नागरिक हुन् । एक उच्च प्रहरी अधिकारीका अनुसार उनको डोटी जिल्लामा सुन पसल छ ।
केही समयअघि भारतबाट सुन चोरर केही व्यक्ति कैलाली आएको सूचनाका आधारमा प्रहरीको विशेष ब्यूरोले अनुसन्धान गरेको थियो । प्रहरीले दिएको जानकारीअनुसार पक्राउ परेका व्यक्ति भारतबाट सुन चोरेर नेपाल आएको र फेरि मुम्बई भाग्ने योजनामा थिए ।
यो पनि पढ्नुहोस्
मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचनापछि यात्रु ओरालियो, २ जना पक्राउ