६ जेष्ठ २०८१, आइतबार

नारायणगढ-मुग्लिन सडक अवरुद्ध


नारायणगढ-मुग्लिन सडकखण्ड फाइल फोटो

मुग्लिन । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !