काठमाडौं । नेकपा (एमाले) का पूर्व सांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् ।
हिजो बिहीबार अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले सहकारीबाट ठगिएको अर्बौं रकम लुकाउन सिर्जना संलग्न भएको देखिएको भन्दै जेल चलानको आदेश दिएका थिए ।
गत मंगलबार दिउँसो काठमाडौँको रामशाहपथबाट पक्राउ परेकी सिर्जनालाई काठमाडौं जिल्ला अदालतले दिएको आदेशअनुसार भद्रगोल जेल चलान गरिएको हो ।
काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा रहेको संस्थामा आकर्षक ब्याजदर दिने प्रलोभनमा पारी ठूलो संख्यामा बचतकर्ताहरूको रकम ठगी गरेका थिए ।
इच्छाराजसँगै उनलाई पनि निक्षपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो । इच्छाराज तामाङ लगायतले ५ अर्ब ८४ करोड ४० दाख २१ हजार ७१३ रुपैयाँ ठगी गरेको खुलेको थियो ।
यो पनि पढ्नुहोस्
सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराजकी श्रीमती सिर्जना पनि पक्राउ