६ जेष्ठ २०८१, आइतबार

सुर्खेतको साततलेस्थित सामुदायिक वनमा मानव कङ्काल भेटियो


गौरीशङ्कर सामुदायिक वन

कर्णाली । भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । हिजो बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो ।

“तीन–चार महिनाअघिको देखिने मानव कङ्काल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो”, प्रवक्ता पाण्डेले भने, “जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कङ्काललाई प्रहरीले ल्याएको छ ।” प्रहरीका अनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !