१३ बैशाख २०८१, बिहिबार

चितवनमा ट्रक र स्कारपियो ठोक्किँदा ७ जना घाइते, ३ जनाको अवस्था गम्भीर


दुर्घटना

चितवन । नारायगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा ट्रक र स्कारपियो एकआपसमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख २७७२ नम्बरको ट्रकले आज साँझ विपरीत दिशाबाट आउँदै गरेको ग २ च ३५१२ नम्बरको स्कारपियोलाई ठक्कर दिँदा स्कारपियोमा सवार चालकसहित ७ जना घाइते भएका हुन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !