१३ बैशाख २०८१, बिहिबार

सिरिजंगा सरोकार समाजद्वारा गाउँपालिकाका पहिरो पिडितको लागि सहयोग हस्तान्तरण


सहयोग हस्तान्तरण

काठमाडौँ । सिरिजंगा सरोकार समाज, नेपालले ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिका लगायतका विभिन्न गाउँपालिकामा भारी वर्षाका कारण गएको विनाशकारी बाढी पहिरो पिडितको लागि सहयोग दुई लाख हस्तान्तरण गरेको छ ।

ताप्लेजुङ जिल्लाका सांसद एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सिरिजंगा सरोकार समाज, नेपालका अध्यक्ष अधिबक्ता हरिचन्द्र भट्टराईले सिरिजंगा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा सिरिजङ्गा सरोकार समाज, नेपालद्धारा संकलित राहत रकमको पहिलो चरणमा दुई लाखको चेक गाउँपालिकाका उपाध्यक्ष माबोलाई हस्तान्तरण गरिएको हो ।

गत आषाढ २८ गते यही असार पहिलो साता ताप्लेजुङ्ग जिल्लाका सिरिजंगा गाउँपालिका लगायतका विभिन्न गाउँपालिकामा गएको बाढी पहिरोका कारण उत्पन्न मानवीय संकटको न्यूनीकरण गर्नका लागि यस समाजका अध्यक्ष अधिवक्ता भट्टराई, महासचिव विरेन्द्र कुमार दाहाल, ताप्लेजुङ सरोकार केन्द्रका उपमहासचिव सन्ताेष मादेन, पत्रकार, वकिल, राजनीतिज्ञहरु लगायत विभिन्न संघसस्थाहरुको प्रतिनिधिहरु सहितको संलग्नतामा सांसद भट्टराईको नेतृत्वको टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण गई बाढी पहिरोबाट विस्थापित परिवारहरुका लागि निजी आवास पुनःनिर्माण सुविधा दु्रत गतिमा उपलव्ध गराई पीडितहरुको पुनःस्थापना गर्न माग सहितको ज्ञापनपत्र बुझाएको पनि थियो ।

उक्त अवसरमा प्राधिकरणका अधिकारीहरुले प्राधिकारणले गर्नसक्ने आवास निर्माण नगद सुविधा माग गर्ने विधि, उपलव्ध गराउने कानुनी प्रक्रियाका बारेमा चर्चा गर्दै कानुनी मापदण्ड पूरा गरी आएमा पुनःनिर्माणको सुविधा चरणबद्ध उपलव्ध गराउने प्रतिवद्धता आश्वासन दिएको छ ।

यस अवसरमा गाउँपालिकाका उपाध्यक्ष माबोले सिरिजंगा सरोकार समाजले बाढीपीडितको तत्काल राहत पुुर्याउने मानवीय भावनाले ओतप्रोत भई मुष्ठीदान गरी संकलित राहतले थोरै भएपनि सहयोग गर्ने भएको हुँदा सिरिजंगा सरोकार समाजप्रति आभार सहित धन्यवाद व्यक्त गरेका थिए ।

साथसाथै सिरिजंगा गाउँपालिकाको अवस्था बाढीपहिरोका कारण धेरै जन धनको क्षति भएको हुँदा गाउँपालिकाको मात्र पर्यत्नलेमात्र सम्भव नभई यस संंकटको घडीमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाज, उद्यागपति, व्यवसायी, प्रहरी प्रशासन, राजनीतिक कर्मी तथा सर्वसाधारण सबै पक्षको सहयोग सदभाव आवश्यक रहेको हुँदा सबैको सहयोगको लागि उपाध्यक्ष माबोले हार्दिक आह्वान समेत गरेका थिए ।

उक्त कार्यक्रममा सिरिजंगा सरोकार समाजका अध्यक्ष अधिवक्ता भट्टराईले यस समाजले मानवीय भावनाले अभिप्रेरित भई तत्कालै काठमाडौंमा रहेका ताप्लेजुङका संघसंस्थाहरुको समन्वय बैंठक गरी राहत संकलनमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको, सिरिजंगा गाउँपालिकाका केही संघसस्थाहरु जस्तै मामांखे समाज, नेपाल, काठमाडौं खेवाङ हातेमालो समाज लगायतले स्वतस्फूर्त संकलन गर्दै आएको, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाज, यालुङ समाज, ढोक्प्या लर्निङ्ग ग्राउण्ड लगायतका संघसस्थाहरुले सिरिजंगा सराकार समाजको समन्वयमा राहत संकलन गरी जम्मा गर्ने कार्य निरन्तररुपमा जारी रहेको कुरा अवगत गराउँदै सम्पूर्ण संघसस्थाहरुलाई राहत सहयोगको लागि आह्वान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !