६ जेष्ठ २०८१, आइतबार

महोत्तरीमा अर्ध जलेको अवस्थामा महिलाको शव बरामद


शव फेला

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा हिजो दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा बरामद भएको हो ।

महिलाको अनुहारलगायतका अगाडिपटिबाट जीउको अधिकांश भाग जलेर चिन्न नसक्ने अवस्थामा शव बरामद भएको छ । उक्त शव कसको रहेको, कसैले हत्या गरेको वा कुन कारण अर्धरूपमा जलाएर छोडेको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !