२२ बैशाख २०८१, शनिबार

गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार, सहचालक गम्भीर घाइते


accident by petrol bomb

जेष्ठ २७, २०७३- रौतहटको चाँदीखोला र पौराहीबीचको जंगलमा आज बिहान ट्रकमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट चालक र सहचालक गम्भीर घाइते भएका छन् ।

ना ६ ख ४६१५ नम्बरको ट्रकमा अज्ञात समूहले बम प्रहार गरेको हो । बम प्रहारबाट सहचालक १९ वर्षीय बसन्त मगर गम्भीर घाइते भएका छन् । उनको मुहार र हात जलेको छ ।

चालक बलराम भण्डारीको हात र कपाल जलेको छ । दुवैको रौतहटस्थित चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

मिर्चैयाबाट आप लिएर काठमाडौं आउँदै गरेको ना६ख ४६१५ नम्बरको उक्त ट्रकमा साढे पाँच बजे बिहान बिप्लव माओवादीका कार्यकर्ताले जंगलमा पेट्रोल बम प्रहार गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !