७ बैशाख २०८१, शुक्रबार

रामेछापमा बस दुर्घटना : ९ जनाको घटनास्थलमै मृत्यु, २५ घाइते


रामेछापमा बस दुर्घटना

काठमाडौं । रामेछाप जिल्लामा बस दुर्घटना भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

रामेछापबाट काठमाडौं आउँदै गरेको बा. ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ४ जना महिला र ५ जना पुरुष रहेका तर पहिचान नखुलेको जनाइएको छ ।

आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको छ । अहिलेसम्म दुर्घटनाको कारण भने खुलिसकेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !