७ बैशाख २०८१, शुक्रबार

मध्यरातमा ४ महिलासहित १७ एसएसपीलाई डीआईजी बढुवामा सिफारिस


nepal-police

काठमाडौं। मध्यरातमा ४ जना महिलासहित १७ एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरिएको छ । गृह मन्त्रालयले गएराति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको हो ।

प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार १७ एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिइन् ।

बढुवा समितिको बैठकले बुधबार राति डीआईजीको रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस गरेको हो । १७ डीआईजीको दरबन्दीका लागि २७ एसएसपी प्रतिस्पर्धामा रहेका थिए ।

पहिलो नम्बरमा बसन्त कुँवर छन् । दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन् । कुँवर हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका छन् । २०५१ चैत तथा २०५२ साउन र मंसिरमा सेवा प्रवेश गरेर एसएसपी भएकामध्येबाट पहिलो लटमा डीआईजी बढुवा सिफारिस भएको हो ।

अन्यमा क्रमशः दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।

२०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका डीआईजीको प्रतिस्पर्धामा चार महिला एसएसपी किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका छन् । उनीहरू चारै जनाको अब आईजीपी बन्ने प्रवल सम्भावना रहेको छ ।

यी हुन् हेर्नुहोस् एसएसपीबाट डीआईजी बढुवामा सिफारिस भएका १७ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !