१३ आश्विन २०८१, आइतबार

पर्यटनमन्त्री आले र स्पेन राजदूत डोमिन गेजुबीच भेटवार्ता


पर्यटनमन्त्री आले र स्पेन राजदूत डोमिन गेजुबीच भेटवार्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि स्पेनका राजदूत जोसेमारियार्‍याडाओ डोमिनगेजुबीच आज मन्त्रालयमा नेपाल र स्पेनको दुइ पक्षियत सम्बन्ध तथा संस्कृतिक, पर्यटकीय क्षेत्रका विषयमा छलफल भएको हो ।

उक्त भेटवार्ता तथा छलफलका क्रममा मन्त्री आलेले स्पेनका नागरिकहरुलाई नेपालका पर्यटकीय क्षेत्र तथा हिमश्रङ्खला अवलोकनका लागि आउन आग्रह गरे । उनले भने, “नेपालमा कोरोना सङ्क्रमण दर करिब करिब अन्त भइसकेको छ, स्पेनका नागरिकलाई यहाँका पर्यटकीय क्षेत्र अवलोकनका लागि आउन आग्रह गर्दछौँ ।”

सोही क्रममा मन्त्री आलेलेजलवायू परिवर्तनका विषयमा स्पनेले लिएको नेतृत्व स्वागतयोग्य रहेको बताए । यसैगरी मन्त्री आलेले मन्त्री आलेले नेपालले हालै आइकाओ सेफ्टी अडिटमा नेपालले गरेको उल्लेखनीय प्रगतिका बारेमा राजदूत डोमिनगेज जानकारी गराए ।

सोही भेटवार्ताकै क्रममा मन्त्री आलेले स्पेन नेपालको महत्वपूणर् विकास साझेदार रहेको उल्लेख गर्दै नेपाललाई कोभिड १९ का बखत तथा महाभुकम्पका बखत संयुक्त राष्ट्र संघमा सहयोगका लागि लिएको कदमका लागिस्पनेले गरेको सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरे ।

सोही छलफल तथा भेटवार्ताका क्रममा स्पेनका राजदुतले नेपाल र स्पेन बीच सुमधुर सम्बन्ध रहेको साथै सांस्कृतिक तथा व्यापारिक सम्बन्धमा थप विस्तार गरी सम्बन्ध थप सुदृढ गर्न सकिने बताए । उनले भने,“नेपाल-स्पेनबीच सुमधुर सम्बन्ध रहेको छ, हामी आवश्यकता परेका बखत नेपाललाई थप विकासका कामहरु सहयोग गर्न तयार रहेका छौँ ।”

यसैगरी राजदुतले वातावरण तथा जलवायु जस्तो महत्वपूणर् विषयमा स्पेन सम्वेदनशिल रहेको र सो सम्वन्धी सहयोग र सहकार्यका लागि तयार रहेको मन्त्री आले समक्ष जानकारी समेत गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !