६ बैशाख २०८१, बिहिबार

नेपाल प्रहरीका ५ जना एआइजीलाई दज्र्यानी चिह्न प्रदान


दज्र्यानी चिह्न

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को यही जेठ २३ को निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई आज प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

उनले पदोन्नति भएका प्रहरी अधिकृतबाट हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेटेर उत्कृष्ट काम हुने विश्वास व्यक्त गरे । पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकको तर्फबाट मन्तव्य व्यक्त गर्दै सुवेदीले आफ्नो वृद्धि, विवेकले भ्याएसम्म प्रहरी सङ्गठन, देश र नागरिकको सेवामा उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !