१३ आश्विन २०८१, आइतबार

आइतबारको बिदा हटाउने मन्त्रिपरिषद्को निर्णय


मन्त्रिपरिषद् बैठक सिंहदरवार

काठमाडौँ । सरकारले आइतबार बिदा हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आइतबार बिदा दिने निर्णय हटाएको हो ।

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिएको हो । आगामी असार १ गतेदेखि सरकारले शनिबार मात्र बिदा दिने निर्णय गरेको हो ।

सरकारले आगामी जेठ १ गतेदेखि आइतबार बिदा दिने निर्णय गरेको थियो । बैशाख १३ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७९ जेठ १ गतेदेखि लागु हुनेगरी परीक्षणका रुपमा लागू हुने गरी हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । देशभर इन्धनको खपत घटाउन नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकले पनि सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन सरकारसमक्ष सो प्रस्ताव राखेको थियो । सरकारले सुरुवाती चरणमा परीक्षणका रुपमा जेठबाट सार्वजनिक विदाको सो निर्णय कार्यान्वयनमा ल्याएको थियो ।

आजै मात्र सातामा दुईदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट परेका थिए । अधिवक्ताहरू रामबहादुर शाही, सन्तोष भण्डारी, तेजकुमार लोहिया, त्रिलोकबहादुर चन्दले तथा अधिवक्ताद्वय डा. पुण्यप्रसाद खतिवडा र दिपकविक्रम मिश्रले फरक–फरक रिट दायर गरेका थिए ।

यो पनि पढ्नुहोस्

जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

विद्यालयको बिदा कटौती : जेठदेखि आइतबार बिदा, शुक्रबार पूरै पढाइ हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !