६ बैशाख २०८१, बिहिबार

शक्तिशाली महिलाहरुको सुचीमा:५२ आै स्थानमा राष्ट्रपति भण्डारी


President-Bidhya-Devi-Bhandari

न्युयोर्क, (एजेन्सी)
अमेरिकी समचार संस्था फोब्स्रले सार्वजनिक गरेको विश्वका १ सय शक्तिशाली महिलाहरुको सुचीमा नेपालका राष्ट्रपति बिधादेवि भण्डारी ५२ आै स्थानमा पर्नुभएको छ।
फोब्स्रले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका सबैभन्दा शक्तिशाली महिलाहरुको सुचिमा नेपालले पहिलोपटक प्रवेश पाएको हो।
यस सुचिको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल पर्नुभएको छ,उहाँ विगत १० वर्ष देखि शक्तिशाली महिलाहरुको यस सुचिमा पहिलो स्थानमा रहनुभएको छ।
दक्षिण एसियामा सबैभन्दा शक्तिशाली महिलाका रूपमा भारतका अरुन्धाती बट्टचार्य २५औं स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाका रूपमा बंगलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६औं स्थानमा पर्नुभएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !