५ जेष्ठ २०८१, शनिबार

आजको मन्त्रिपरिषदको बैठक र त्यसका निर्णय:सिंहदरबार


जेष्ठ २६, २०७३- आज बसेको मन्त्रिपरिषदको बैठक ले उपराष्ट्रपति नन्दबहादुर पुन’पासाङ’ को चिन भ्रमण स्वीकृत गरेको छ।
उपराष्ट्रपतिले यहि जेष्ठ २८ गतेदेखि असार २ गतेसम्म चिनको आैपचारिक भ्रमण गर्ने कार्यक्रम छ,बैठकपछि उधोगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो।

यसैगरी आजको बैठकले दुई सचिव हरुको सरुवाको निर्णय गरेको छ, मन्त्री पाण्डेका अनुसार विज्ञान तथा प्रविधि मन्त्रलायका सविब गजेन्द्र ठाकुरलाई सिचाईमा र सिचाई मन्त्रलायका अनुपकुमार उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रलायमा सरुवा गरीएको छ,
साथै सरकारले स्वास्थ्य सेवाको ११आै तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महत्तोलाई बढुवा को निर्णय गरेको छ।

बैठकमा सम्पति शुद्धिकरणसम्बन्धी नयाँ नियमावलीलाई मन्त्रीपरिषदको विधेयक समितिमा छलफलको लागी पठाउने निर्णय
गरिएको छ।

जन आन्दोलन २०६२‍-६३, मा घाइते हुनुभएकी झापाकी सिन्धु उप्रेतीको उपचारका लागी १६ लाख ५६ हजार रुपैया दिने निर्णय पनि गरिएको छ, हाल उप्रेतीको थाइल्याण्डमा उपचार भइरहेको छ।

उक्त रकम थाइल्यण्डस्थित राजदुतावासमा पठाउने बैठकपछि मन्त्री पाण्डेले जानकारी दिनुभयो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !