७ बैशाख २०८१, शुक्रबार

एमालेको वडाअध्यक्षको विजय जुलुसको गाडी दुर्घटना : २४ जना घाइते


दुर्घटना

भैरहवा । रुपन्देही जिल्लाको भैरहवामा विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । रुपन्देहीको भैरहवामा नेकपा (एमाले) को उम्मेदवारको विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएका हुन् ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका-१० को विजय जुलुसको लु १ ख ८०७८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका २४ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार जारी रहेको छ । मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको एमालेको जुलुस सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

एमालेबाट वडा अध्यक्ष निर्वाचितको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको २५ जना सवार बस अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनाको थप जानकारी आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !