बैतडीमा मतदान गरेर फर्किएका ८४ वर्षीय वृद्धको मृत्यु Nepalpatra बैतडीमा मतदान गरेर फर्किएका ८४ वर्षीय वृद्धको मृत्यु
७ जेष्ठ २०७९, शनिबार

बैतडीमा मतदान गरेर फर्किएका ८४ वर्षीय वृद्धको मृत्यु


मृत्यु

बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।

भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !