८ बैशाख २०८१, शनिबार

कैलालीबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना, दर्जनौ घाइते


डोटी बस दुर्घटना

धनगढी । कैलालीको अत्तरियाबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना भएको छ । आज बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन् । उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटीमा उपचार गरिरहेको प्रहरीले बताएको छ ।

हालसम्म कसैको पनि मृत्यु नभएको प्रहरीले जानकारी दिएको । दुर्घटनाकाे कारण अझसम्म खुल्न सकेकाे छैन । घटनाबारे विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !