१२ असार २०८१, बुधबार

मोदी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय वायुसेनाको विमान भैरहवामा


भारतीय वायुसेनाको विमान भैरहवामा

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय वायुसेनाको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

आगामी जेठ २ गते २५६३ औं बुद्धजयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने कार्यतालिका भएकोले उक्त भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय वायुसेनाको विमान भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।

आज बुधबार भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) सवार विमान भैरहवा आएको हो । ३० जनाको टोली रहेको विमानमा भारतीय सैनिक अधिकारीहरु रहेका छन् । नयाँ दिल्लीबाट उक्त विमान सोझै भैरहवा आएको हो ।

जेठ ३ गतेसम्म उनीहरु लुम्बिनीमै बस्ने बताइएको छ भने भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ विमान आजै भारत फिर्ता हुनेछ । योसँगै उक्त विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !