१२ बैशाख २०८१, बुधबार

आखिर स्वर्ण विजेता खेलाडी सन्जुले किन गरिन आत्महत्या ?


सन्जु चौधरी

काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिएकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बताए ।

उनका अनुसार चौधरी बस्ने कोठाको भित्रबाट चुकुल लगाएको थियो । प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुनसक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बताए ।

उहाँले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिए । खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आएकी थिइन् ।

१९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट भएकी चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौँ आएकी थिइन् । बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमा नै आयोजना भएको १३औं सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

उनले श्रीलङ्काको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । सञ्जुले आफ्ना निकटका साथीभाइसँग आफूले आत्महत्या गर्ने पनि बताउने गरेको समाचार बाहिर आएका छन् ।

नेपाल पुलिस क्लबबाट खेलेकी सञ्जुले प्रहरीको जागिर छाडेपछि छुट्टै अनौठो व्यवहार देखाउने गरेको पनि उनीनिकट बताउछन् । प्रहरीको जागिर छाडेपछि अवस्य पनि उनको व्यवहारमा परिवर्तन हुनुको साथै शारारिक रुपमा समेत केही दुब्लाएको बताइएको छ ।

यस्तै उनको सामाजिक संजाल फेसबुक आइडी हेर्दा प्रेम सम्वन्धमा भएको प्रष्ट देखिन्छ । उनले आफ्नो रिलेशनसिप स्टाट्समा रिलेशनसिपमा भएको भनेर उल्लेख गरेकी छन् । आत्महत्या गर्नुअघि फेसबुकमा प्रेम सम्वन्धसँग सम्वन्धित भिडियो पनि शेयर गरेकी छन् ।

सञ्जुले सेयर गरेको भिडियोसहितको उक्त फेसबुक पोष्टमा ‘मिसिङ यू लभ’ भनेर पनि लेखेकी छन् । यसवाट अनुमान लगाउन सकिन्छ कि उनले आर्थिक अवस्था, प्रेम र पारिवारिक तनावले गर्दा आत्माहत्या गरेको हो कि भन्ने आशंका गर्न मात्र सकिन्छ ।सन्जु चौधरी फेसबुक पोष्ट

सन्जु चौधरी फेसबुक पोष्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !