१३ बैशाख २०८१, बिहिबार

नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह र सशस्त्रमा राजु अर्याल


धिरजप्रताप सिंह र राजु अर्याल फाइल फोटो

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय (एआइजी) सिंह र अर्याललाई आइजिपीमा पदोन्नति गर्ने निर्णय गरेको खानेपानीमन्त्री उमाकान्त चौधरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !