९ असार २०८१, आइतबार

स्याङजामा जीप दुर्घटना, चारजनालाई अचेत अवस्थाबाट उद्धार


दुर्घटना

काठमाडौं । स्याङजामा ११ जना सवार रहेको जीप दुर्घटना हुँदा भएको छ । प्रहरीका अनुसार वालिङ नगरपालिका वडानम्बर १२ को फिरफिरे स्कुल नजिकै दुर्घटना हुँदा चारजनालाई अचेत अवस्थामा उद्धार गरिएको हो ।

प्रहरीका अनुसार दुर्घटनाबाट घाइते भएका अन्यलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !