७ बैशाख २०८१, शुक्रबार

यातायात महासंघको अध्यक्षमा स्वाँर चयन


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको काठमाडौंमा भएको साधामरण सभाबाट अध्यक्षमा विजय स्वाँर चयन भएका छन् । महासंघको साधामरण सभाबाट स्वाँर निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमार शाही र हरिशरण केसी निर्वाचित भएका छन् । महासचिवमा डेकनाथ गौतम चुनिएका छन् । महासंघले ७६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !