८ बैशाख २०८१, शनिबार

सर्लाहीमा गोली लागेर एक भारतीय नागरिकको मृत्यु


आगलागी

सर्लाही । सर्लाही जिल्लामा गोली लगेर एक भारतीय नागरिकको मृत्यु भएको छ । सर्लाहीको सदरमुकाम मलंगवामा गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।

स्थानीयबासीका अनुसार सर्लाहीको मलंगवा नगरपालिका-९ मा आज बुधबार साँझ ७ :४० बजेतिर गोली चलेको हो । अपरिचित मानिसले हानेको गोली लागेर ती भारतीय युवकको मृत्यु भएको हो ।

भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा रहेका अन्दाजी ३५ वर्षीया इन्दल कुमारको गोली लागेर मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो ।

उनलाई उपचारका लागि मलगंवा अस्पताल लगिएको केही समयमा नै उनको मृत्यु भएको प्रहरीले बतेको छ । उनको शव अहिले प्रादेशिक अस्पतालमा राखिएको छ ।

यद्यपि गोली लागेको वा धारिलो हतियारले प्रहारवाट ती युवकको मृत्यु भएको हो भन्ने भन्नेबारे प्रष्ट खुल्न नसकेको प्रहरीले बताएको भएपनि स्थानीय बासिन्दाले गोली नै चलेको दावी गरेका छन् । प्रहरीले अहिलेसम्म दोषीलाई पत्ता लगाउन सर्च अपरेशन शुरु गर्नुका साथै थप अनुसन्धान जारी राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !