७ बैशाख २०८१, शुक्रबार

सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिद्वारा घोडेजात्रा अवलोकन


राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेलमा घोडेजात्रा sf7df8f}F, !* r}t M /fi6«klt ljBfb]jL e08f/L, pk/fi6«klt gGbaxfb’/ k’g, sfo{afxs k|wfgdGqL Pjd u[xdGqL afns[i0f vfF8nufot 3f]8fhfqfsf] lbg z’qmaf/ g]kfnL ;]gfåf/f 6’Fl8v]ndf cfof]lht sfo{qmdf 3f]8fhfqf cjnf]sg ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज शुक्रबार अपराह्न परम्परागत घोडेजात्रा समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ । समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुँदैछ । सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ ।

नारायणहिटी दरबार परिसरमा रहेको ‘वेग भक्ति सेवा’ आदर्श वाक्य रहेको सेनाको नेपाल क्याभलरीका घोडा प्रतियोगितामा समावेश गरिएको छ । साइकल रेश, शो-जम्प, ड्रिल राइड, क्रसकन्ट्री जम्पजस्ता खेलकुद प्रस्तुत गरिएको छ । कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिएको छ ।

उपराष्ट्रपति लगायत विशिष्ट महानुभाव टुँडिखेल गएर सेनाले त्यहाँ आयोजना गर्ने अश्वकलाका प्रदर्शनी अवलोकन गरेका छन् । विश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोचअनुरूप घोडेजात्रा आयोजना गरिँदै आएकोे भनिएको छ ।

घोडा र मानिसको सम्बन्ध मानव सभ्यताको इतिहासदेखि नै छ । दैनिक जीवनमा सहयोगीका रूपमा मात्र नभई प्राचीन तथा मध्ययुगीन ठूला लडाईंमा सेनालाई घोडा र कुकुरको साथ र सहयोग हुँदै आएको छ ।

परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्रा समारोहमा घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता नारायण सिल्वालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !