६ जेष्ठ २०८१, आइतबार

तनहुँमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


दुर्घटना

तनहुँ । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

व्यास–७ शेरास्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया बुद्धिमाया दरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दमौलीबाट दुईपिप्लेतर्फ जाँदै गरेको ग २० प २१४३ नं को स्कुटरले बाटोमा हिँडिरहेकी दरैलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दरैको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।

यसैगरी शुक्लागण्डकी–१० मिनामखानीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेश बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ग २ च ८२०१ नं को बोलेरो जिप सोही ठाउँमा मलको खाल्डोमा पल्टिदा घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !