१२ जेष्ठ २०८१, शनिबार

नवनियुक्त न्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्च अदालतकोे न्यायाधीशमा नियुक्त गरेकी थिइन् ।

उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश रहेका श्रेष्ठलाई गत फागुन २६ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झारेका तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दैै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !