२२ बैशाख २०८१, शनिबार

मन्त्रिपरिषद् बैठकमा नेकपा माओवादी केन्द्रका मन्त्री अनुपस्थित


काठमाडौं–बिहीबार बोलाइएको मन्त्रिपरिषद बैठकमा प्रमुख सत्तासाझेदार नेकपा माओवादी केन्द्रमा मन्त्रीहरु अनुपस्थित भएका छन्। माओवादी मन्त्री उपस्थिति नभएपछि मन्त्रिपरिषद बैठक सामान्य छलफल गरेर केही बेरमै सकिएको थियो।

पार्टीको पोलिटव्यूरो बैठक जारी रहेका कारण माओवादी केन्द्रकातर्फबाट सरकारमा सहभागी मन्त्री अनुपस्थित भएका हुन्। शिक्षामन्त्री गिरिराजमणि पोखरले भने अस्वस्थ भएपछि निवासमै आराम गरिरहेका छन्। माओवादी केन्द्रकातर्फबाट सरकारमा सहाभागी मन्त्री मन्त्रिपरिषद बैठकमा सहभागी नभएपछि बैठकले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनीलाई नियुक्ती गरेको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको समितिमा खुला प्रतिश्पर्धाबाट छनोट नभएसम्मका लागि डा. लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको संचारमन्त्री एवंं सरकारका प्रवक्ता शेरधनराईले जानकारी दिए। राससका अनुसार छोटो समय बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली सेनाका अधिकृतहरुको कायम मुकायम गर्ने र केही पदावधि थप गर्ने विषयबारे पनि सामान्य छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !