६ जेष्ठ २०८१, आइतबार

तातोपानीबाट २३२ मेट्रिक टन रासायनिक मल नेपाल भित्रियो


तातोपानीबाट ६ वटा कन्टेनरहरु भित्रिए

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको नेपाल भित्रिएको छ ।

शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो ।

भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने तातोपानी भन्सार कार्यालयका एक अधिकृतले जानकारी दिए ।

बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !