८ पुस २०८१, सोमबार

अब दुई वर्षभित्र कर्णाली प्रदेशका सबैको घरमा बिजुली पुग्ने घिसिङको दावी


कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै घरमा बिजुली पुग्ने दावी गरेका छन् ।

निर्देशक घिसिङले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्रमा बिजुलीको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाइएको बताए । भौगोलिक कठिनाइ तथा विकटताले कर्णाली प्रदेशका जिल्लाहरुमा विद्युतीकरणमा केही ढिलाइ भएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !