१० मंसिर २०८१, सोमबार

ताप्लेजुङ फुङलिङ आगलागी : १ जनाको मृत्यु, आगो नियन्त्रणमा


ताप्लेजुङ फुङलिङ आगलागी

फुङलिङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको आगलागीमा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । फुङलिङस्थित बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक भएको आगलागीमा एक वृद्धा महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी हुन् ।

स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी शुरु भएको थियो । स्थानीय रविन आङबोहाङको घरमा आगलागी हुँदा छिमेकी संगिता मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको हो भने उनकी घाइते भएकी नातिनी १६ वर्षीया रेविना लिम्बुको अस्पतालमा उपचार जारी रहेको छ ।

ताप्लेजुङ जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मृतक चुलिमाया ग्यास लिण्डिर पड्किएर घाइते भएकी थिइन् । स्थानीय रबिनको घरबाट शुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको हो । आगलागीमा परी घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

आगो नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ । सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलले केही बेरअघि आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट भएको क्षतिसमेत अहिले यकिन भएको छैन ।

जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका थिए । आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।

यो पनि पढ्नुहोस्

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !