१० जेष्ठ २०८१, बिहिबार

पूर्वमन्त्री एवं सांसद गौतमले आश्रम निर्माणका लागि भूमि दान


संजय गौतम

काठमाडौँ । बर्दिया क्षेत्र नं १ का सासंद तथा पूर्व सिचाई मन्त्री संजय गौतमले आध्यात्मिक ज्ञानको प्रचार गर्न भूमिदान दिने भएका छन् । नेपाल मानव धर्म सेवा समिति बर्दियाका लागि आश्रम निर्माण गर्न भूमि दान दिने संकल्प गरेका हुन् ।

महाशिवरात्रीको अवसर पारेर नेपाल मानव धर्म सेवा समिति, काठमाडौंले आयोजना गरेको विशेष सत्सङ्ग समारोहमा उनले यस्तो संकल्प गरेका हुन् ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री गौतमले अध्यात्म विना राजनीति मात्र अगाडि बढ्न नसक्ने बताए । त्यसैले अबका दिनमा राजनीतिसंगै अध्यात्मलाई पनि अगाडि लिएर जाने प्रतिवद्धता व्यक्त गरे ।

सत्सङ्ग कार्यक्रममा बोल्दै समितिकी केन्द्रीय प्रभारी महात्मा चमेली वाईजीले शिवरात्रीमा आफ्नै प्राणेश्वरको ध्यान गर्नुपर्ने बताए । अशान्त मनलाई अध्यात्मले मात्र शान्त बनाउन सक्ने भएकाले मन शान्त बनाउन पनि ध्यान गर्नुपर्नेमा उनले जोड दिए । जती मन बैराग्य भयो उती नै ध्यानमा मन लाग्ने भएकाले मनलाई बैराग्य बनाउनुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका छन् । समितिमा आबद्ध व्यक्ति तथा अन्य व्यक्तिले कार्यक्रममा रक्तदान गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !