५ जेष्ठ २०८१, शनिबार

माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने


दक्षिण कोरिया

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्रवेश गर्ने भएका हुन्।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार यसअघि रोकिएकासहित ९८ नयाँ र १ सय ३८ कमिटेड श्रमिक कोरिया जाने भएका हुन् । शाखाका प्राविधिक टेकबहादुर खड्काले दुई वर्षयता कोरियाको रोजगारी सुचारु भएपछि १ हजार ७१ नेपाली कोरिया प्रवेश गरेको जानकारी दिए।

कात्तिक महिनायता दक्षिण कोरिया पुगेका ४१ जना कामदारमा अहिलेसम्म कोभिड रिपोर्ट पोजेटिभ देखिएको र हाल नेपालमा कोरोनाको संक्रमण रहिरहेको जनाउँदै शाखाले अनिवार्य रूपमा स्वास्थ्य प्रोटोकल पालना गरी कोरिया प्रवेश गर्न अनुरोध गरेको छ। १९ गतेदेखि क्वारेन्टाइन बसी सोको जानकारी शाखालाई दिनुपर्ने जनाइएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !