१९ जेष्ठ २०८१, शनिबार

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, टिपर चालक फरार


मृत

दाङ । दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार रा१ख १२८६ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय ४० वर्षीया डिला पौडेलको मृत्यु भएको हो ।

टिपरले साइकलयात्री पौडेललाई आज बिहान करिब साढे ६ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !