२० जेष्ठ २०८१, आइतबार

फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ


पक्राउ

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ गरेका छन् ।

जालसाजी मुद्दामा धुलिखेल नगरपालिका–४ का ६९ वर्षीय बुद्धिलाल खड्गी, सोही वडाका ३८ वर्षीय प्रकाश खड्गी, ४२ वर्षीय विकास खड्गी र ४५ वर्षीय दिललक्ष्मी खड्गीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ ।

जालसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४ गते कैद तथा जरिवाना फैसला गरिको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !