२० जेष्ठ २०८१, आइतबार

५ हजार किलो केराउसहित भारतीय ट्रक नियन्त्रणमा


केराउ

कपिलवस्तु । कपिलवस्तुबाट पाँच हजार किलो केराउसहित भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोमबार राति यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको पी ५५ टी २२९५ नम्बरको भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रक चालक भारत जिल्ला सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !