५ असार २०८१, बुधबार

सिके राउतको जनमत पार्टीको आन्दोलनले पूर्व-पश्चिम राजमार्ग ठप्प


सिके राउत

काठमाण्डाै । सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व-पश्चिम राजमार्ग ठप्प भएको छ । आज बिहीबार बिहानैदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेर गरेको आन्दोलनले लामो दुरीका सवारी साधन ठप्प हो ।

किसान हकहितका लागि भन्दै उक्त पार्टीका कार्यकर्ताले गरेको आन्दोलनले मधेस प्रदेशका जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी लगायत जिल्लाका राजमार्गमा यातायात ठप्प भएको हो ।

उक्त पार्टीका कार्यकर्ताले शान्तिपूर्ण आन्दोलन जारी राखेको दावी गरेपनि सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी समेत दिएपछि राजमार्गमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

यस्तै, राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व-पश्चिम जाने आउने लामो दूरीका गाडी पनि चल्न सकेको छैन । राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !