५ जेष्ठ २०८१, शनिबार

आगलागीवाट २ घर नष्ट, ५ लाख बराबरको क्षति


आगलागी

३ बैशाख, उदयपुर । उदयपुरको गढी गाउँपालिका ७ मा आगलागीवाट थप दुई घर जलेर नष्ट भएका छन् ।

आईतबार साँझ एक्कासी भएको आगलागीमा स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली नष्ट गरेको हो ।

प्रहरीका अनुसार साँझ करिब ५ः०० बजेको समयमा हस्तबहादुरको भान्छा घरवाट सल्केको आगोले उनको घर र घरभित्र रहेका सबै अन्नपात र सामग्री नष्ट पारेको हो ।

घरसँगै टाँसिएर रहेका वस्तुभाउ बाँध्ने गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। सोही घरबाट सल्किएको आगोले छिमेकी मानध्जवको पनि घर र गोठ जलेको हो।

आगलागीवाट करिब ५ लाख बराबरको क्षति भएको सर्जमिन मुचुल्का प्रहरीले तयार गरेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !