१२ बैशाख २०८१, बुधबार

इलाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चालक गम्भिर घाइते


दुर्घटना

काठमाडौं । झापाबाट इलाम आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो । ।

प्रहरीका अनुसार मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको हो । जिप चालक अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !