१० कार्तिक २०८१, शनिबार

जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द


जिल्ला प्रशासन कार्यालय पाल्पा

पाल्पा । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आज आइतबारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ ।

पछिल्लो समय जिल्लामा सङ्क्रमण बढेको छ । पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो ।

सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । जिप्रकाले कोरोना सङ्क्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !