सुर्खेतमा निस्सासिएर एकैघरका ४ जनाको मृत्यु Nepalpatra सुर्खेतमा निस्सासिएर एकैघरका ४ जनाको मृत्यु
१३ माघ २०७८, बिहिबार

सुर्खेतमा निस्सासिएर एकैघरका ४ जनाको मृत्यु


हिटर ताप्दा ध्यान दिनुपर्ने कुरा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट आज घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

आज बेलुका सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !