१३ बैशाख २०८१, बिहिबार

जुवा खालबाट ८५ हजारसहित ७ जना जुवाडे पक्राउ


juwa-tas

काठमाडौं । भक्तपुरबाट ७ जना जुवाडेहरु पक्राउ परेका छन् । प्रहरीले सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित महेन्द्र शान्ति चोकबाट ४४ वर्षीय रामबाबु रानाभाट सहित ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आरोपीहरु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् । प्रहरीले जुवा खालबाट ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !