नुवाकोटको गोरु जुधाई मेला स्थगित Nepalpatra नुवाकोटको गोरु जुधाई मेला स्थगित
१४ माघ २०७८, शुक्रबार

नुवाकोटको गोरु जुधाई मेला स्थगित


गोरु

नुवाकोट । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नुवाकोटको गोरु जुधाई मेला स्थगित भएको छ । बिहीबार तारकेश्वस्थित माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गरी गोरु जुधाई मेला स्थगित गरेका हुन्।

ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१० व्यवस्थापनको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाई कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !