१६ जेष्ठ २०८१, बुधबार

ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु


दुर्घटना

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ – ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उर्लाबारी ७ का २१ वर्षीय निश्चल बानियाँको मृत्यु भएको हो।

ट्याक्टरले ठक्कर दिँदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !