६ जेष्ठ २०८१, आइतबार

टिपरको ठक्करबाट एकजनाको मृत्यु


दुर्घटना

काठमाडौं । काठमाडौँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । स्रोतका अनुसार महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको छ।

गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विष्टको मृत्यु भएको हो । उनी मोटरसाइकलको पछाडि सवार रहेका थिए ।

ठक्करबाट सख्त घाइते उनको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !